देश

उत्साहित रास्वपा सांसद, नयाँ शैलीमा प्रस्तुत हुने, काम गरेरै अर्को इतिहास रच्ने अठोट, यस्तो प्रशिक्षण (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अबको केही दिनमै शक्तिशाली सरकार बनाउने तयारीमा छ । जहाँ प्रधानमन्त्री बन्ने तरखरमा रहेका वरिष्ठ नेता बालेन्द्र शाह आफू नेतृत्वको मन्त्रिपरिषद् गठनको आन्तरिक छलफलमा व्यस्त छन् भने नवनिर्वाचित सांसदहरू सदन प्रवेशको तयारीमा छन् । योसँगै प्रत्यक्ष र समानुपातिक गरी १८२ सिट सङ्ख्या पु¥याएको रास्वपाले आफ्ना नवनिर्वाचित सांसदहरूलाई प्रशिक्षण दिन थालेको छ । १८२ सांसदमध्ये अधिकांश नयाँ र युवा हुँदा संसदीय भूमिकाको प्रभावकारिता, सांसद पदको गरिमा, काम, कर्तव्य, अधिकार तथा पार्टीका नीति र उद्देश्यबारे प्रशिक्षण दिन थालिएको छ । जहाँ पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको उपस्थितिमा मंगलबार प्रशिक्षण कार्यक्रम उद्घाटन हुने भनिए पनि स्वास्थ्य अवस्था र कार्य व्यस्तताको कारण देखाएर दुवै जना सहभागी भएनन् । जसका कारण पार्टी उपसभापतिद्वय स्वर्णिम वाग्ले र डिपी अर्यालले कार्यक्रमको उद्घाटन गरे ।