देश

मतदानका लागि एक सातामा तीन लाख ५० हजार मानिस उपत्यकाबाट बाहिरिए

योहो संवाददाता

काठमाडौं— लोकतन्त्रको सबैभन्दा ठुलो उत्सव निर्वाचन नजिकिँदै जाँदा मतदानलाई आफ्नो जिम्मेवारी ठानेर काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या बढेको छ । मतदान, होली पर्व र लगातार सार्वजनिक बिदा एकैपटक परेकाले लाखौँ मानिस गाउँ फर्किने क्रममा छन् ।

पछिल्लो एक सातामा तीन लाख ४९ हजार ६९५ मानिस काठमाडौंबाट बाहिरिएका छन् । फागुन १४ गतेदेखि उपत्यका छाड्नेको संख्या बढ्न थालेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

आज पनि बिहानैदेखि मतदाता बाहिरिएका छन् । यो क्रम भोलिसम्म चल्नेछ । पछिल्लो समय लाखौ यात्रु बाहिरिदाँ साढे ३८ हजार यात्रु भने उपत्यका भित्रिएका छन् ।