देश

पूर्वराजालाई रवि र प्रचण्डकै काउन्टर, कसले भाँड्न खोज्दैछ चुनाव ? ठाउँठाउँका घटनाले के भन्छ ? (भिडियोसहित)


काठमाडौं— मुलुकबाट राजसंस्था संगै पूर्वराजा ज्ञानेन्द्र शाह राजगद्दीबाट हटेको २ दशक भयो । तर, राजसंस्था हटेदेखि नै राजा फर्काउन राप्रपा सक्रिय छ । हरेक निर्वाचनले निकास नदिने अभिव्यक्ति शाहको पनि पुरानै हो । तर, यसपटक भने चेतावनीकै शैलीमा दिएको अभिव्यक्ति चर्चामा छ । यथास्थितिमा हुने चुनावले निकास नदिने उनको अभिव्यक्ति र पछिल्ला केही घटनाक्रमले राजनीतिक वृत्त तरंगित भएको छ । चुनावकै मुखमा अराजक केही गतिविधि भएपछि धेरैले निर्मलनिवासतिर नजर लगाउन थालेका छन् । पछिल्ला ३ दिनमा ठाँउ ठाँउमा भएका भडप र तनावका घटनाले पनि उनले दिएको अभिव्यक्तीलाई साथ दिएको जस्तो देखिछ । शाहले चुनावभन्दा पहिले आम्मसमीक्षा गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।