संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेपछि बस्ने बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र भन्सार विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकलाई पनि राष्ट्रियसभाको सन्देशसहित टेबुल गर्ने कार्यसूची छ । आजैको बैठकमा उद्योगमन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत गर्नु हुनेछ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक २०८२ प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ ।
आजको बैठकमा महालेखापरीक्षकर कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदनसमेत पेस हुने कार्यसूची छ ।
प्रतिक्रिया