Breaking

प्रधानमन्त्री ओलीले गरे रियल मड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको अवलोकन


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको म्याड्रिडमा फुटबल क्लब रियल मड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको अवलोकन गरेका छन् । प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतसहित अत्याधुनिक रङ्गशालाको भ्रमण गराएका हुन् ।

प्रधानमन्त्री ओलीले आफू रियल मड्रिडको फ्यान रहेको भन्दै सुविधासम्पन्न रङ्गशाला देखेर खुसी लागेको प्रतिक्रिया दिए। प्रधानमन्त्री ओलीलाई निर्देशक मिगेलले क्लबको जर्सी उपहार दिएका थिए । साथै क्लबको तालिम र भर्नामा सहभागी हुन नेपाली विद्यार्थीलाई प्रोत्साहन गरेका छन् ।