समाचार

सहमति अगावै देउवालाई पद सुम्पिन्छु : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारीको सहमतिअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न आफू तयार रहेको बताएका छन । म्याड्रिडस्थित नेपाली राजदूत निवासमा आयोजित प्रवासी नेपाली मञ्च निकटका कार्यकर्ताहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले पद हस्तान्तरणको विषय दोहोर्याएका हुन् ।

प्रवासी नेपाली मञ्च युरोपका अध्यक्ष मुक्तबहादुर गुरुङका अनुसार प्रधानमन्त्री ओलीले देशमा स्थायित्वका लागि दुई ठूला दलबीच सहकार्य गरिएको स्पष्ट पारेका छन् । आफूले दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको स्मरण गर्दै ओलीले निर्धारित समय अगावै देउवालाई पद हस्तान्तरण गर्ने बताए ।

आगामी निर्वाचनमा एमाले र कांग्रेस प्रतिस्पर्धी हुने पनि उनले बताएका छन् । कांग्रेस र एमालेको अहिलेको सहकार्यलाई २०४६ सालको साझा आन्दोलनकै भावनाबाट हेर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् ।