काठमाडौं – संसद् दिवसको अघिल्लो दिन अर्थात् असार १५ गते संसद्मा सांसदहरू रामहरि खतिवडा र डीपी अर्याल एकअर्कालाई ‘चोर’ करार गरिरहेका थिए । शनिबार अर्यालमाथि खतिवडाले मानव तस्करीको आरोप लगाएपछि त्यसको जवाफमा आइतबार अर्यालले चुनौती दिएका हुन् । पहिले बोलेका अर्यालले आरोप लगाउन थालेपछि कांग्रेस सांसद खतिवडा बीचमै उठे । तर सभामुख देवराज घिमिरेले खतिवडालाई रोकेर अर्यालको समय सकिएपछि बोल्न दिएका थिए । अर्थात्, उनीहरू संसद्को कार्यसूचीभन्दा पर गएर व्यक्तिगत भिडन्तमै केन्द्रित बने ।
देश
प्रतिक्रिया