काठमाडौं – पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपविजेता सुदूरपश्चिम रोयल्ससहित चितवन राइनोज र लुम्बिनी लायन्सले खेलाडी रिलिज र रिटेन गरेसँगै फ्रेन्चाइजहरू एनपीएलको दोस्रो संस्करणका लागि जुटिसकेका छन् । दोस्रो संस्करणको उपाधि चुम्ने रणनीतिमा क्लबहरू लागिरहँदा यता आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) मा भने विवाद चर्किएको छ । एनपीएलको पहिलो संस्करण भव्यताका साथ सम्पन्न गरेको क्यानले दोस्रो संस्करणको तयारी सुरु भइसक्दा पनि पहिलो संस्करणको आम्दानी र खर्च विवरण सार्वजनिक नगरेको भन्दै क्यानभित्रैबाट विरोधका आवाजहरू उठ्न थालेका छन् ।
खेलकुद
प्रतिक्रिया