काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई आगामी वर्षदेखि प्रदेशबाटै सञ्चालन गर्ने विषयमा सहमति जुटेकोे छ ।
आज प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले एसईई प्रदेशबाटै गर्नेगरी प्रस्ताव गरेकाथिए ।
उक्त प्रस्ताव अनुसार एसईई प्रदेशबाटै सञ्चालन हुनेगरी सहमति जुटेको हो । यससँगै अब राष्ट्रिय परीक्षा बोर्डको समन्वयमा एसईई प्रदेशबाटै सञ्चालन हुनेछ ।।
प्रतिक्रिया