काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कम्युनिष्ट आन्दोलनमा पछिल्लो समय विचलन आएको बताएकाछन् ।
भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका आन्दोलनमा विभिन्न किसिमका राजनीतिक, सैद्धान्तिक, व्यवहारिक र सांस्कृतिक विचलन देखिएको बताए ।
कम्युनिष्ट पार्टी स्थापना भएर अघि जाँदै गर्दा जुन आदर्शको निम्ति जनताको सेवा गर्ने आफूलाई सम्पूर्ण रुपले समर्पित गर्ने प्रतिवद्धता व्यक्त भएको थियो ।
त्यो अनुसार अहिलेको आन्दोलन अघि बढ्न नसकेको जिकिर गरे । अहिले सबैतिर पद र व्यक्तिगत स्वार्थका निम्ति तँछाडमछाड भइरहेको उहाँले बताए ।
प्रतिक्रिया