काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले फुटाउन खोज्नेहरूलाई भ्रममा नपर्न आग्रह गरेकाछन् ।
मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बम पड्काउने जस्ता भ्रम फिँजाइएको र आजैबाट नेकपा एमाले ध्वस्त हुने कुरा गरिएको भन्दै केही पनि नहुने बताए ।
एमालेलाई फुटाउन कसैले खोजे त्यो सम्भव नहुने उनको चेतावनी थियोे । प्रधानमन्त्री ओलीले जननेता मदन भण्डारीलाई आफूहरूले नै पार्टीको महासचिव बनाएको बताए ।
उक्त विषयमा आम रुपमा पनि सहमतिको वातावरण बनेको अध्यक्ष ओलीले स्मरण गरे । प्रधानमन्त्री ओलीले एमालेले राष्ट्रको सार्वभौमिक सत्ता, प्रभुत्व, भौगोलिक अखण्डता, देशको हित, स्वाधिनता, स्वाभिमानलाई तलमाथि हुन नदिने बताए ।
प्रतिक्रिया