समाचार

संसद्‍मा रास्वपाको अवरोध कायमै


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि संसद्‍ बैठक अवरोध गरेको छ । प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै रास्वपाका सांसदहरूले उठेर अवरोध गरेका हुन् ।

सभामुखले समय दिएपछि रास्वपाका सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा उच्च स्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने माग गरेका थिए । सभामुख घिमिरेले प्रधानमन्त्री केपी ओलीलाई आफ्नो स्पेन भ्रमणबारे संवोधन गर्न समय दिएलगत्तै रास्वपा सांसदहरू नाराबाजीसहित बैठकबाट बाहिरिएका हुन् । आफूहरूको आन्दोलन जारी भएकोले आजको बैठकमा पनि अवरोधलाई जारी राख्ने निर्णय गरेको सांसद हरि ढकालले जानकारी दिए ।

भिजिट भिसा प्रकरणमा उच्च स्तरीय न्यायिक आयोग गठनको माग राखेर प्रतिपक्षी दलले गत जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्दै आएका छन् ।रास्वपाले यो अवरोध जारी राख्ने निर्णय गरेको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे संसदमा जानकारी गराएका छन् ।