काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त पदहरूमा उपनिर्वाचन गर्ने तयारीमा लाग्दा राजनीतिक दलहरू तातिन थालेका छन् । आयोगले आगामी कात्तिक २० गतेभित्र उपनिर्वाचन गर्ने गरी मिति तोक्ने तयारी गरेको छ । तर, मिति तय नहुँदै राजनीतिक दलहरू उम्मेदवार र चुनावी गठबन्धनका विषयबारे अनौपचारिक छलफलमा जुट्न थालेका हुन् । प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र नं. ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) मा स्थान रिक्त छ । त्यस्तै, स्थानीय तहमा १३ वडा अध्यक्षका पदहरू रिक्त रहँदा रुपन्देही क्षेत्र नं. ३ मा एमालेबाट त खिमलाल भट्टराईको चर्चा नै सुरु भएको छ ।
देश
प्रतिक्रिया