काठमाडौं – पछिल्लो समय सामाजिक सञ्जालमा गाली–बेइज्जतीका गतिविधि बढेपछि कलाकारदेखि प्रधानमन्त्रीसम्मै आजित छन् । जुन विकृतिविरुद्ध अहिले गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले सामाजिक सञ्जालबाटै छेडेको विद्रोहले निकै चर्चा बटुलिरहेको छ । उनीहरूले आफूलाई अभद्र टिप्पणी गर्ने सञ्जाल प्रयोगकर्ताहरूलाई फेसबुकमार्फत धमाधम सार्वजनिक गरिरहेका छन् । गालीगलौजले सीमा नाघेपछि चालिएको यो कदमले यस्ता गतिविधिमा तुलनात्मक रूपमा कमी आएको उनीहरूले महसुससमेत गरेका छन् ।
मनोरञ्जन
प्रतिक्रिया