काठमाडौं – गत जुन १३ मा इजराइलसँग प्रत्यक्ष युद्धमा होमिएपछि भूमिगत भएका इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनी एकाएक सार्वजनिक भएका छन् । उनले बिहीबार टेलिभिजन सम्बोधन गर्दै एक साता लामो मौनता तोडेका हुन् । युद्ध जारी रहँदा उनी सीमित सञ्चार सम्पर्कमा रहँदै बंकरमा बसेको बताइएको थियो । युद्धविरामपछि पनि खामेनी सार्वजनिक नहुँदा सरकारी अधिकारीदेखि नागरिकसम्मले उनको अवस्थाबारे चिन्ता व्यक्त गरेका थिए । उनी आक्रमणमा घाइते भएको वा मारिएको हुनसक्ने हल्लासमेत चलेको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार प्रकाशित गरेका थिए । तर, एकाएक उनी टेलिभिजनमार्फत सार्वजनिक भएर सम्बोधन गरे ।
अन्तर्राष्ट्रिय
प्रतिक्रिया