काठमाडौं—नेपाली कांग्रेससँग मिलेर गठबन्धन सरकारको नेतृत्व गरको झन्डै एक वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको औपचारिक भ्रमणको साइत जुरेको छ।
स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली आगामी साउन १४ गतेदेखि ४ दिने भारत भ्रमणमा जाने पक्का भएको छ।
उनी १९ साउनमा स्वदेश फर्किने कार्यतालिका रहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा ओली त्यसतर्फ जान लागेका हुन्।
ओली भ्रमणका एजेन्डाहरु भने तय भइसकेका छैनन्। अनौपचारिक रुपमा सोही मिति नै आधिकारिक हुनेगरी एजेन्डाहरू तय गर्ने काम भइरहेको परराष्ट्र स्रोतले बतायो।
प्रतिक्रिया