Breaking

एसईईको नतिजा साँझ साढे ५ बजे प्रकाशित गर्ने


काठमाडौं—राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार साँझ साढे ५ बजे प्रकाशित गर्ने भएको छ ।

परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आज साँझ साढे ५ बजे एसईई नतिजा सार्वजनिक गर्ने जानकारी दिनुभएको हो । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।

परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।