रुकुम पश्चिममा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा माओवादीको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) का कर्णाली प्रदेश कमिटी सदस्य ३० वर्षीय रेशम खत्री पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार खत्रीविरुद्ध १८ जेठमा १७ वर्षीया किशोरीले जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् ।
प्रहरीले त्यसलगत्तै अनुसन्धान थालेपनि उनी फरार रहँदै आएका थिए । उनलाई सानोभेरी गाउँपालिकामा रहेको एउटा होटलबाट पक्राउ गरिएको हो ।
उनीमाथि जाजरकोटकी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ। १७ वर्षकी किशोरीले आफूमाथि क्षेत्रीले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रुकुममा दुई महिनाअघि जाहेरी दिएकी थिइन्।
मुलुकी अपराध संहिताको दफा २१९ ले कसैले कुनै महिलालाई मञ्जुरीबिना वा १८ वर्ष भन्दा कम उमेरका बालिकालाई मञ्जुरी लिएर भए पनि गरिएको करणीलाई जबरजस्ती करणी मानेको छ। पीडितले बच्चा जन्माइसकेकी छन् ।
प्रतिक्रिया