काठमाडौं – नेदरल्यान्ड्सको द हेग शहरमा यस वर्षको नेटो शिखर सम्मेलन सम्पन्न भएको छ । यस शिखर सम्मेलनमा सामूहिक सुरक्षा, युक्रेनको समर्थन र सदस्य राष्ट्रहरूको खर्च प्रतिबद्धतामा ऐतिहासिक सहमति भएको छ । उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) का सहयोगी राष्ट्रहरूसँग भएको वार्तामा रक्षा खर्च बढाउने विषयमा भएको सम्झौता ‘सबैका लागि ठूलो विजय’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । सन् २०३५ सम्ममा सदस्य राष्ट्रहरूले आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को पाँच प्रतिशत रक्षामा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरिएको यो सम्झौताको ट्रम्पले प्रशंसा गरेका छन् । बैठकमा प्रवेश गर्दै नेताहरूले शिखर सम्मेलनको योजनाबद्ध खर्च वृद्धिलाई एकै स्वरमा प्रतिबद्धता जनाउँदै ऐतिहासिक घोषणा गरेका छन् ।
अन्तर्राष्ट्रिय
प्रतिक्रिया