काठमाडौं – गत जेठ ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन अध्यागमन कार्यालय प्रमुखलाई पक्राउ गरी अनुसन्धान सुरु गर्यो । पक्राउ पर्नुभन्दा एक दिनअघि मात्रै गृह मन्त्रालयको सहसचिवको जिम्मेवारी सम्हालेका तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराईको मानव तस्करी गिरोहसँग साँठगाँठ रहेको आशङ्कामा अख्तियारले उनलाई पक्राउ गरेको हो । यो विषय ‘भिजिट भिसा प्रकरण’का रूपमा चर्चित बन्दा गृह मन्त्रालय मातहतकै कर्मचारी संलग्न भएको भन्दै प्रतिपक्षी दलहरूले त्यसयता निरन्तर सदन अवरुद्ध गर्दै आएका छन् ।
देश
प्रतिक्रिया