प्रधानमन्त्री केपी शर्मा ओली । हक्की, निडर र अडानमा टिक्न सक्ने छवी बनाएका नेता हुन् । कांग्रेसको समेत साथ पाएपछि झन् बाहुबली शक्तिले ओतप्रोत ओलीले सुरुमा विरोधी तह लगाउनेदेखि केही खास एक्सन लिनेसम्मका काम गरे । यति गर्दा आफ्ना समर्थककै आलोचना र पार्टीकै घेराबन्दी समेत सामना गरे । आफ्नो बाटो नहिँड्ने मन्त्री हटाए । आफ्नो निर्णय नमान्ने पार्टीकै नेताहरुलाई धमाधम कारबाही गरे । केही प्रचारबाजीको काम पनि नगरेका होइनन् । तर, पछिल्लो केही समययता भने ओली फतक्कै गलेका छन् । न सरकारमा भएको कुनै गुञ्जायस दिएका छन् । न, पार्टीमा नै हिजोजस्तो एकलौटी गर्नसक्ने अवस्था छ । हिजो बालेन शाह र कुलमान घिसिङ तह लगाउन पछि नपर्ने ओली अहिले संसदमा अमरेशकुमार र कान्छाराम तामाङहरुको बोलीसामु निरीह बनिरहेका छन् ।
देश
प्रतिक्रिया