काठमाडौं—कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताएका छन् । बिहीबार (असार १२) नेपाल डेरी एसोसिएसनले आयोजना गरेको दहीचिउरा प्रवद्र्धन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको र जम्मा साढे चार लाख टन मल आएको उनले उल्लेख गरे । बजारमा मलको माग ११ लाखदेखि १३ लाख टन रहेको उनले बताए । उनले एकचौथाइ परिमाणले किसानलाई समयमै मल पु¥याउन सक्ने स्थिति नरहेको उनले स्पष्ट पारे ।
उधारो दूध वर्षौंदेखि खाइरहेको र भुक्तानी दिन नसकिएको भन्दै उनले दुःखेसो व्यक्त गरे । मन्त्री अधिकारीले चिस्यान केन्द्र, बिमालगायत धेरै समस्या रहेको बताए ।
प्रतिक्रिया