समाचार

भारतमा बन्धक बनाईएका ५७ नेपालीको उद्धार


भारतको उत्तराखण्डस्थित रुद्रपुर र काशीपुरमा बन्धक बनाइएका ५७ जना नेपाली नागरिकको उद्धार गरीएको छ । उनीहरुलाई ’किन इन्डिया’ संस्थाले उद्धार गरी गड्डाचौकी नाका हुँदै नेपाल ल्याईएको हो ।

आकर्षक रोजगारीको प्रलोभनमा पारिएका उनीहरूलाई भारत पुर्याएर कोठामा थुनेर यातना दिइएको थियो । उनीहरुलाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी डम्बरबहादुर विश्वकर्माले स्वागत गर्नुभएको थियो ।

नेपाल सरकार परराष्ट्र मन्त्रालय, भारतको विदेश मन्त्रालय, राजदूतावास र किन इन्डिया नामक संस्थाको समन्वय र सहयोगमा ती नेपालीहरुको उद्धार गरिएको हो । उद्धार गरिएका ५७ जनामध्ये चितवनका १०, कैलालीका ९, सुनसरीका ५, उदयपुर, तेह्रथुम र पाँचथरका ४÷४, दाङ, स्याङजा र बााकेका ३÷३ जना छन् । ताप्लेजुङ, डोटी र धादिङका २÷२ तथा सर्लाही, कास्की, रुकुम, बाग्लुङ, इलाम र रुपन्देहीका १÷१ जनाको उद्धार गरिएको हो ।

उद्धार गरिएका नेपाली नागरिकहरूलाई सम्बन्धित जिल्लामा सुरक्षित घर फिर्ता पठाइएको छ । पीडितहरुले गड्डाचौकी नाकामा ओर्लिनेबित्तिकै उद्धारकर्ताको पक्षमा र आफूमाथि भएको धोखाधडी र बन्धक बनाउने गिरोहविरुद्ध नाराबाजी गरेका थिए ।