देश

स्पष्टीकरणको हैरानीमा प्रचण्ड, देउवाको चेक साटिएन, लेखक बोक्दा घाटा, रविको मुद्दा फेरि बोके (भिडियो)


काठमाडौं – कुन बेला कहाँ ढल्किन्छन् भन्ने पत्तै नहुने नेता हुन् पुष्पकमल दाहाल ‘प्रचण्ड’ । अक्सर आफ्नो यही प्रवृत्तिको फाइदा लिइरहन्छन् । तर, यसपटक भने नमज्जाले चिप्लिएका छन् । प्रतिपक्षमा रहेर पनि सत्तापक्ष बन्नुपर्ने र कांग्रेस, एमाले र रास्वपा सबैलाई सन्तुलनमा राख्नेगरी भिजिट भिसा प्रकरणमा भएको दुई बुुँदे सहमति प्रचण्डका लागि भारी परेको छ । सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामाको बटमलाइमा रहेको माओवादी पछि राजीनामाको मागबाट पछाडि हटेर दुईबुँदे सहमति गर्यो । देउवासँग केही गोप्य सहमति भएपछि उनी पछि हट्न बाध्य भएको स्रोत बताउँछ ।