काठमाडौं – नेपालको राजनीतिक इतिहासमा पहिलो पटक पूर्वप्रधानमन्त्री अदालतको कठघरामा उभिएका छन् । आज विशेष अदालतमा पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा प्रकरणमा बयानका लागि उपस्थित भएका हुन् । बुधबार बिहान पूर्वप्रधानमन्त्री नेपालले दिएको निवेदनका आधारमा उनको मुद्दा इजलास नं. २ मा तोकिएको थियो । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान भएको हो । इजलास बस्नासाथ तीन न्यायाधीशहरूको रोहबरमा अदालतका कर्मचारीहरूले नेपालको बयान लिएका थिए । इजलासले बयानका क्रममा नेपाललाई ‘क्याबिनेटको निर्णयमा अख्तियारले अनुसन्धान गर्न मिल्दैन भनिएको छ, यसबारे के हो ?’ लगायतका प्रश्नहरू गरेको थियो ।
देश
प्रतिक्रिया