अन्तर्राष्ट्रिय

Iran-Isriel-War : इरानमा जितको उत्सव, हारेपछि ट्रम्पको छटपटी, इरानको आणविक केन्द्र सुरक्षित (भिडियो)


काठमाडौं – इरान–इजरायलबीच १२ दिन चलेको युद्धपछि युद्धविराम भएको छ । युद्ध अन्त्य गर्दै युद्धविराम कायम भएको दुवै पक्षले पुष्टि गरेका छन् । गत जुन १३ को राति इजरायलले इरानमा हवाई आक्रमण गरेपछि पश्चिम एसियामा युद्धको सुरुवात भएको थियो । आणविक हतियारको त्रासबीच दुई देशको युद्ध उत्कर्षमा पुगेको थियो । युद्ध रोकिएपछि इरान र इजरायल दुवैतर्फका नागरिकले खुसीयाली मनाएका छन् । दुवै देशले युद्धविरामको पुष्टि गर्दै आ–आफ्नो जित भएको दाबी गरेका छन् ।