काठमाडौं – देशभरका ७५३ स्थानीय तहमध्ये ७१४ पालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट ल्याएका छन् । जसमा १५ गाउँपालिका र २४ नगरपालिकाले बजेट ल्याउन सकेनन् । यो सूचीमा देशकै राजधानी सहर काठमाडौं महानगरपालिका पनि रहेको छ । मुलुकको संघीय राजधानी हुनुका साथै साधन स्रोत र जनसंख्याका हिसाबले देशकै ठूलो काठमाडौं महानगरपालिकाले पहिलो पटक तोकिएको समयमा बजेट ल्याउन नसकेको हो । महानगर प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनीता डङ्गोलबीचको विवादका कारण महानगरको बजेट अन्योलमा परेको हो ।
अर्थनीति
प्रतिक्रिया