सरकारका पछिल्ला कदम र दाउपेचकै कारण तितरबितर भएका विपक्षी दलहरू पुनः एकै मोर्चामा केन्द्रित हुन थालेका छन् । फलस्वरूप, एउटा प्रतिपक्षीलाई फकाएर अरूलाई दबाबमा राख्ने सरकारको रणनीति असफलतातर्फ उन्मुख देखिन्छ, जसकारण सरकारसँग निकट रहेको भनिएको माओवादी केन्द्रसमेत चेपुवामा परेको छ । यसैको एक उदाहरण उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (नेपाल) हो, जसले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल चलाइरहेको छ । पार्टीको कार्यकारिणी समितिले यसबारे निर्णय लिने अधिकार संसदीय दललाई दिइसकेको छ । यद्यपि संसदीय दलको बैठकको मिति तय नहुँदा जसपा नेपाल औपचारिक निर्णयमा पुग्न सकेको छैन ।
देश
प्रतिक्रिया