काठमाडौं—नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ । दिउँसो १ बजेका लागि तय भएको बैठक ३ बजेका लागि सारिएको थियो ।
बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा पुगेका प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार ओलीले पार्टीको केन्द्रीय कार्यालय,च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफैै पुगेर आर्थिक दायित्व तिरेका हुन् । अध्यक्ष ओलीलाई केन्द्रीय कार्यलयका सचिव डा भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएका थिए ।
प्रतिक्रिया