देश

भिजिट भिसा प्रकरण : फेरि बबन्डर, छानबिनका संयोजक नै संकटमा, स्वर्णिम रिसले चुर (भिडियो)


सरकारले भिजिट भिसा प्रकरणमा एक महिनापछि बल्ल छानबिन समिति बनाए पनि विपक्षीले ठाडै अस्वीकार गरेका छन् । गृहमन्त्री रमेश लेखकको अप्रत्यक्ष संलग्नता र प्रत्यक्ष संरक्षणमा भिजिट भिसामार्फत मानव तस्करी भएकाले उनीमाथि छानबिन हुनुुपर्ने माग थियो । तर, सरकारले भने माओवादीसँग दुई बुँदे सहमति गरेझैँ झारा टार्ने शैलीकै ९ बुँदा राखेर समिति बनाएको छ । जहाँ गृहमन्त्रीमाथि छानबिनको सुनिश्चितता कतै पनि छैन । संसदमै गृहमन्त्री लेखकले आफूले नै समिति बनाएको दाबी गरेका छन् ।