‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ भनेझैँ आर्थिक वर्ष २०८२÷८३ को बजेटले आम नागरिकमा कुनै उत्साह छर्न सकेको देखिँदैन । बजेटले समग्र राष्ट्रलाई भन्दा पनि केही मन्त्रीहरूको सीमित जिल्लालाई मात्र प्राथमिकता दिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । सरकारले ल्याएको बजेटमा स्वयम् सत्तापक्षकै सांसदहरू असन्तुष्ट देखिएका छन् । यसमा नेकपा (एमाले) र नेपाली कांग्रेसका सांसदहरू नै बजेटको विरोधमा अग्रमोर्चामा छन् ।
अर्थनीति
प्रतिक्रिया