काठमाडौं—गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनिकरण र उद्धारका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायहरुलाई निर्देशन दिइसकेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद् जोखिम न्युनिकरणका लागि सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिरहेको बताए ।
अहिले मनसुनको प्रारम्भमा रहेको बताउँदै आफूले सुरक्षा निकायहरुलाई विपद् न्युनिकरण र उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको बताए। जिल्ला विपद् कोषमा आवश्यक रकम पठाइसकेको र विपद् भएको खण्डमा जिल्लाले तत्काल सम्बोधन गर्नेगरी आवश्यक रकम पठाउने काम भएको जानकारी दिए।
प्रतिक्रिया