खेलकुद

एसिसी यु–१६ इस्ट जोन कपमा नेपालको दोस्रो जित


नेपालले एसिसी यु–१६ इस्ट जोन कपमा लगातार दोस्रो जित हात पारेको छ । मंगलबार सम्पन्न खेलमा नेपाल ९ विकेटले विजयी भएको हो। जितसँगै नेपालले ४ अंक जोडेको छ ।

जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो। नेपालका श्रीयान्स बजँगाईले अविजित रहँदै सर्वाधिक ३८ रन बनाए। ४२ बल खेलेका उनले ७ चौका प्रहार गरे। प्रशिद्व जैशीले ३७ बलमा ३ चौकासहित ३३ रन बनाए। जोय थापा १ रनमा पभिलियन फर्किए।

१६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते हुने तालिका छ ।