इरान–इजरायलबीचको युद्धमा होमिएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिकामा मात्रै नभएर विभिन्न देशहरुमा विरोध सुरु भएको छ । अमेरिकाको आक्रमणअघि मौन रहेका मुस्लिम र अरबी देशहरूले इरानको आणविक स्थलहरूमा भएको आक्रमणको आलोचना गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भनेका छन् । यस्तै, भारतको कोलकातामा भएको ¥यालीमा प्रदर्शनकारीले ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको पुत्ला जलाएका छन् भने दक्षिण कोरिया र पाकिस्तानमा पनि ट्रम्पविरुद्ध विरोध प्रदर्शन भएको छ । रुसले कडा शब्दमा ट्रम्पको कदमप्रति आपत्ति जनाएको छ । अमेरिकामा डेमोक्र्याटिक पार्टीका धेरै नेताहरूले समेत ट्रम्पको इरान नीतिको निन्दा गर्दै प्रदर्शनमा उत्रिएका छन् ।
अन्तर्राष्ट्रिय
प्रतिक्रिया