देश

देउवालाई माओवादी र रास्वपाको अफर, झस्कियो एमाले, भित्री चाल यस्तो…(भिडियो)


पटक–पटक आइपर्ने सत्ता समीकरणको संकटलाई ११ महिनासम्म सामना गरेका कांग्रेस–एमालेबीच अहिले पुनः दूरी बढेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई साथ दिएदेखि नै कांग्रेसको माओवादीसँग निकटता बढेको छ भने सत्ता साझेदार एमालेसँग दूरी बढेको छ । गृहमन्त्री प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ दिएपछि यी दुई शीर्ष नेताको निकटता यति बढेको छ कि पछिल्लो दुई सातायता पटकपटक भेट भएको छ । हुन त ओलीको सत्ता ढाल्न पटक–पटक माओवादीले देउवालाई अफर नगरेको पनि होइन । तैपनि सो प्रस्तावलाई अस्वीकार गर्दै बचनबद्धता देखाइरहेका देउवाको अहिले माओवादीसँग बढेको हिमचिमले भने के अब उनी प्रधानमन्त्री बन्न खोज्दैछन् भन्ने आशंका उब्जिएको छ ।