देश

कांग्रेसका ‘दबंग’ सांसद, मुखै अगाडि मन्त्रीलाई र्‍याखर्‍याख, यी तीन नेताले मच्चाए तहल्का (भिडियो सहित)


सत्तापक्षले ल्याएको बजेटको विरोध गर्नुलाई प्रतिपक्षीले आफ्नो धर्म नै मान्छन्, तर सत्तापक्षकै सांसदले आफ्नै पार्टीले नेतृत्व गरिरहेको मन्त्रालय र मन्त्रीको आलोचना गरेको अभ्यास खासै देखिँदैन । तर, आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भने प्रतिपक्षी दलका सांसदभन्दा सत्तापक्षकै सांसद खरो रूपमा प्रस्तुत भएका छन् । उनीहरू बोल्दा सत्तापक्षका हुन् कि प्रतिपक्षका भनेर छुट्याउन मुस्किल हुन्छ । सत्तापक्षकै सांसद भए पनि सदनमा प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका नेपाली कांग्रेसका तीन सांसदको चर्चा गरौँ ।