देशभरका स्थानीय तहहरूले आज बजेट सार्वजनिक गर्दैछन् । आगामी आर्थिक वर्ष २०८२८३ का लागि स्थानीय तहहरूले बजेट सार्वजनिक गर्दै छन् । ७ सय ५३ पालिका मध्ये केहीले भने यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन् । सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलका अनुसार ७ सय ५३ पालिका मध्ये सोमवारसम्म ४० स्थानीय तहले बजेट सार्वजिनक गरिसकेका छन ।
स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकार वित्त व्यवस्थापन ऐनको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको बजेटको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ । असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । संघीय सरकारले वार्षिक बजेटबाट स्थानीय तहलाई वित्तीय समानीकरण, सशर्त अनुदान, समपूरक विशेष अनुदान छुट्याएको हुन्छ ।
तर, स्थानीय तहले बजेट समयमा नल्याउँदा अनुदान रकम पाउन समस्या देखिने गरेको छ । पालिकाहरूले केन्द्र र प्रदेशको अनुदानसहित पालिकाको विशेषताको आधारमा बजेट निर्माण भएको दाबी गरेका छन् ।
प्रतिक्रिया