देश

रवि कारागारबाटै भिड्ने, ओली–थापासँग बदला, न्याय खोज्न जनतामा गयो रास्वपा, निकिताको अर्को पत्र


कुनै समय टेलिभिजन कार्यक्रममार्फत अन्यायमा परेकाहरूलाई न्याय दिलाउने अभियान चलाएका रवि लामिछानेले आज आफैँमाथि अन्याय भएको भन्दै भैरहवा कारागारबाट एक सन्देश पठाएका छन् । शनिबार पार्टीको तेस्रो वार्षिकोत्सवको अवसरमा लामिछानेले २० पृष्ठ लामो, करिब पाँच हजार शब्दको सन्देश पठाएका हुन् । भैरहवा कारागारबाट पठाइएको सन्देशमा रास्वपाका संस्थापक सभापति लामिछानेले आफूमाथि सिंगो राज्य संयन्त्र नै नियोजित र संगठित रूपमा लागेको आरोप लगाएका छन् । उनले सन्देशमा भनेका छन्, ‘अब मसँग हाड, छाला र श्वास मात्र बाँकी छ । मेरो प्राण यही कारागारमा गए पनि देशमा परिवर्तनको घण्टी बजिसकेको छ ।’आफूमाथि लागेको सहकारीको रकम अपचलनको आरोप खण्डन गर्दै उनले आफू कुनै पनि सहकारीको सदस्यसमेत नरहेको स्पष्ट पारेका छन् ।