कर्णाली

मुगुमा करेन्ट लागेर १० वटा खच्चर मरे


मुगु —मुगको छायाँनाथ रारा नगरपालिका १२ स्थित लुम्स गाउँमा करेन्ट लागेर १० वटा खच्चर मरेका छन । आइतबार राति १० बजेको समयमा राष्ट्रिय विद्युत प्रसारण लाइनको करेन्ट लागेर १० खच्चर मरेको जिल्ला प्रशासन कार्यलय मुगुले जनाएको छ ।

कार्यलयका अनुसार कर्णबहादुर मल्लको ४ वटा, जक्ति बडुवालको ३ र पृथीबहादुर ऐडीको ३ वटा खच्चर मरेका हुन । यसअघि शनिबार मात्रै त्यही स्थानमा करेन्ट लागेर एउटा भैंसी मरेको थियो । सदरमुकाम गमगढीबाट सामान लिएर मुगुम कार्मारोङ गाउँपालिका जाँदै गरेका खच्चरलाई नेपाल विद्युत् प्राधिकरण गमगढी वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत चुहावट हुँदा करेन्ट लागेको हो।

विद्युत प्राधिकरणको लापरबाहीका कारण घटना घटेको खच्चर धनीहरुको आक्रोस छ । उनीहरुका अनुसार एउटा खच्चरको मूल्य एक लाख ५० हजारभन्दा बढी पर्छ। साथै खच्चर धनीहरुले क्षतिपूर्ति दिन प्राधिकरणसँग माग गरेका छन्।