देश

सभामुखको घोर अपमान, एमालेको छायाँले डुबायो, अमरेश र कान्छारामले रोष्ट्रमबाटै थर्काए


गत आईतबार संसद बैठकमा वोल्दै आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहसभामुख देवराज घिमिरेसंग सवालजावफसहित कडा रुपमा प्रस्तुत भए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले नाराबाजी गरिरहँदा पनि संसद् चलाउनु विभेद भएको टिप्पणी गरेका उनले सभामुख भनेको तटस्थ भूमिकामा हुनुपर्ने सम्झाउन भ्याए । उनलेसभामुखलाई संवेदनशिलता छ भने अलिकति चिन्ता लिन आग्रह गरे । नाराबाजीका बीचमा बैठक सञ्चालन भएकोमा बजेटको बारेमा प्रभावकारी छलफल गर्न नसकिएको बताउदै उनले आफ्नो कुरा राख्दैगर्दा साह र सभामुखका बीचमा नोकझोकको अवस्था समेत आयो ।