अन्तर्राष्ट्रिय

Iran-USA-War : ट्रम्पले युद्ध छेडे, आणविक अड्डामा बम हमला, बदला लिने इरानको धम्की


इरान–इजरायल युद्धमा इरानविरुद्ध आक्रामक अभिव्यक्ति दिँदै आएको अमेरिका युद्धमै होमिएको छ । अमेरिकाले इरानका तीनवटा महत्वपूर्ण आणविक केन्द्रमा आक्रमण गरेको छ । यसमा फोर्डो, नतान्ज र इस्फहान रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै यसको जानकारी दिएका हुन् भने अब यो युद्ध समाप्त गर्नका लागि सहमतिमा आउनुपर्ने भन्दै उनले चेतावनीसमेत दिएका छन् । आक्रमण भएकोमध्ये फोर्डो सबैभन्दा महत्त्वपूर्ण आणविक केन्द्र हो । यो युरेनियम सम्वर्धन गर्ने बंकर बेलायत र फ्रान्स जोड्ने च्यानल टनेलभन्दा पनि गहिरो मानिन्छ । यही कारणले यसलाई नष्ट गर्न सक्ने क्षमता भएको जीबीयू–५७ म्यासिभ अर्डनेन्स पेनिट्रेटर (एमओपी) नामक बममा मात्र छ भने यो बंकर बस्टर बम अमेरिकासँग मात्र छ ।