अन्तर्राष्ट्रिय

Iran-USA-War : हतियारको होडबाजी, अमेरिका–इजरायल–इरान युद्धमा प्रयोग भएका ७ हतियारको चिरफार


इरान र इजरायलबीचको पछिल्लो सैन्य सङ्घर्षमा अत्याधुनिक हतियारहरूको प्रयोग भएको देखिएको छ । पछिल्लो पटक अमेरिकाले पनि इरानको आणविक केन्द्रमा आक्रमण गर्न घातक बी–२ स्टिल्थ बमवर्षक विमान प्रयोग गरेपछि मध्यपूर्व युद्धमा कस्ता हतियार प्रयोग हुँदैछन् भन्ने कुराले चर्चा पाएको छ । गए राति अमेरिकी सेनाले इरानको आणविक केन्द्रमा आक्रमण गर्न बी–२ स्टिल्थ बमवर्षक विमान प्रयोग गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार इरानका तीनवटा आणविक केन्द्रमा हमला गरिएको छ ।