देश

सरकारलाई आच्छु–आच्छु पार्ने ४ सांसद, अमरेश र चित्रबहादुुर हाबी


दुई तिहाइको सरकारले सत्ता सञ्चालन गरिरहँदा ठूला दलका सांसदहरू सदनमा रमिते बन्दा एक्ला–एक्लै भएका सांसदहरूको हुंकार भने सातो लिने खालको छ । स्वतन्त्र र दलीय हैसियत भए पनि सदनमा एक्लो हैसियतमा भएका सांसदहरूको गर्जन भने ठूलो छ । सदन अङ्कगणितमा नै चल्ने भए पनि यी चार सांसदले सत्तापक्ष र सभामुखलाई सधैँ आच्छुआच्छु पारिरहेका छन् ।