Breaking

पशुपति शव दाह मेसिनमा भ्रष्टाचार : सदस्य सचिव मिलनकुमार थापासहित १४ जनाविरुद्ध मुद्दा दायर


पशुपति आर्यघाटको विद्युतीय शव दाह मेसिन खरिदमा भ्रष्टाचार गरेको अभियोगमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापासहित १४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना र हानी नोक्सानी पु¥याएर भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । साथै उनीहरूले आवश्यकताभन्दा बढी अनुभवको मापदण्ड राखी राख्न लगाई प्रतिस्पर्धालाई सीमित गर्ने गरी भारु ३२ लाख लाख ५० हजार पर्ने मेसिनलाई १ करोड ५२ लाख पर्ने देखाई छुटसमेत लागत अनुमानमा जोडेर अस्वाभाविक रूपले बढी लागत अनुमान तयार गरे गरेका थिए ।

एक करोड बयासी लाख मात्र पेश्की दिई असम्बन्धित व्यक्तिहरुलाई विदेश भ्रमण समेत पठाएका थिए । ठेक्का सम्झौताको म्याद तथा पेश्की जमानतको म्याद समाप्तपछि २ थान शवदाह मेसिनमा पटकपटक समस्या आई न्यून गुणस्तरको मेशिन जडान भएको र सञ्चालनमा समेत नआएको देखिएको भन्दै १० करोड ३३ लाख ९१ हजार ३० रूपैयाँ बिगो मागदाबी गरिएको छ ।