Breaking

विद्या उचाल्दै माओवादी र चीन, बालुवाटारमा भण्डारीले अध्यक्ष बन्छु भनेपछि… (भिडियो)


काठमाडौं । एमालेको उपाध्यक्ष हुँदै दुई कार्यकाल राष्ट्रपति बनेकी विद्यादेवि भण्डारीर दोस्रो पटक पार्टी अध्यक्ष र चार पटक प्रधानमन्त्री भएका केपी शर्मा ओलीबीचको शक्ति संघर्ष उत्कर्षमा पुगेको छ । सार्वजनिक मञ्चमै दोषारोपणमा उत्रिएका उनिहरुबीचकोबालुवाटारको करिब डेढ घण्टाको वार्ताले भने ३० वर्षे राजनीतिक दोस्ती पार्टी नेतृत्वकोप्रतिस्पर्धीका रुपमा परिणत हुने देखिएको छ ।

पछिल्लो समय भण्डारीले ४ प्रदेशमा गरेको भ्रमण रओलीकै जिल्लामा नेता कार्यकर्ताको बलमा अध्यक्ष उठ्ने संकेत गरेपछि एमालेभित्रको राजनीतिमा धुव्रिकरण देखिएको छ।मन्त्रिपरिषद्देखि पार्टीको भागबण्डा विद्यालाई छुटाउँदा पनि एमालेभित्र ओलीप्रति विद्याको दबाव बढ्दो छ । राष्ट्रपति बनेपछि बालुवाटार नछिरेकी विद्याले दुई दिन अघि बालुवाटरमै पुगेर आफू अध्यक्ष उठ्ने प्रस्तावराखेपछि ओली थप दबावमा परेका छन् । ओलीसंगको भेटमा भण्डारीले नेता तथा कार्यकर्ताहरुले व्यक्त गरेका धारणा र पार्टी राजनीतिमा आफ्नो सम्भावनाबारे बताएको बुझिन्छ । विद्याले अडान राखेपछि ओलीले भने सरसल्लाह गर्रौंला भन्दै विषयान्तर गरेको स्रोतको दाबी छ।

११ औं महाधिवेशनका लागि भदौंमा हुने एमालेको नीति महाधिवेशनबाटै ७० वर्षको उमेर हदको प्रावधान र दुई कार्यकाल मात्रै नेतृत्व गर्न पाउने ओलीकै पुरानो एजेण्डामा टेकेर विद्या समूह ओलीलाई रोक्ने दाउमा छ । ओलीमा हाबी भएको काखा पाखाको एकल प्रवृतीले दिक्क भएका असुन्तुष्ट पक्षकै बलमाविद्याले विकल्पको रुपमा सक्रियता बढाएकिछिन् । एमालेभित्र ओलीको एकलौटी भूमिकाप्रति असन्तुष्ट रहेका समूहका लागिभण्डारीको सक्रियता नयाँ आशाको दियो बन्दैछ।ओलीको कार्यशैलीले पार्टी दिनप्रतिदिन क्षयिकरण अवस्थामा पुगेको निष्कर्ष निकालेका नेता कार्यकर्तालेभण्डारीलाई ‘रेड कार्पेट’ले स्वागत गरिरहेका छन् । तर एमालेको संस्थापन पक्षलाई भने यस्ता गतिविधि स्वीकार्य छैन् ।

पूर्व राष्ट्रपतिसमेत भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउनुलाई कतिपयले उपयुक्त ठानेका छैनन् । तर ओलीलाई चुनौती दिने दिने आँट दोस्रो तहका नेताले गर्न नसक्दा विद्या उपयुक्त पात्र हुने एकाथरीको बुझाई छ।ओलीको मनोपोली शासनको डरमा रहेका एमालेका नेताहरुजो आफू भीम रावल हुने डरमा छन् ।

प्रष्ट नखुलेपनि धेरैजसो पदाधीकारी सदस्यओलीको गतिविधिमा रुष्ट छन् । जहाँ पछिल्लो समय वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ओलीविरुद्ध प्रष्टै खुलेको देखिन्छ । यस्तै विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, पृथ्वीसुब्बा गुरुङ जस्तासचिवालय सदस्यहरुले नै ओलीको कार्यशैलीको विकल्प खोजीरहेका छन् । छबिलाल विश्वकर्मा र योगेश भट्टराई जस्ता सदस्य भने ओली न त विद्या कसैको पक्षमा खुलेका छैनन् । मधेशमा पकड भएका रघुविर महासेठ र सुदूरपश्चिम प्रदेशका इञ्चार्ज लेखराज भट्ट जस्ता नेता विद्याकै पक्षमा खुले भने उनको पल्लाभारी हुन सक्छ । ओलीप्रतिको असन्तुष्टि नै विद्याको सक्रिय राजनीतिको एउटा खुला ढोका बन्न सक्छ ।

(बाकी सामाग्री भिडियोसहित)