देश

जेलबाटै रविको अठोट, फसाउनेलाई छोड्दिन, ०८४ सम्म लुटतन्त्रको भण्डाफोर (भिडियो)


काठमाडौं । छोटो समयमा धेरै आरोह अवरोह भोगेका राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले शनीबार जेलभित्रैबाट अपिल सार्वजनिक गरेका छन् । आफूमाथिका प्रश्न,विगत र वर्तमान अनि आफूविरुद्ध राज्यले लिएको प्रतिसोधबारे प्रष्ट पारेका उनले । २० पन्ने’ अपिल सार्वजनिक गरेका हुन् ।

अपिलमा आफूलाई ‘९७२५ नम्बरको थुनुवा’ भनेर परिचय दिएका रविले आफूविरुद्धका १० प्रश्नहरुको समेत जवाफ दिएका हुन् । सन्देशमा उनले भनेका छन्, ‘किस्तीमा पाएको प्रधानमन्त्री नखाँदा आज कारबाही स्वरुप जेल हालिएको छ।

सभापति लामिछानेले कांग्रेसबाट प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेपछि राजनीतिक रूपमा षड्यन्त्र र प्रतिशोध थालिएको जिकिर गरेका छन्। उनले आपफूविरुद्ध आरोपहरू नियोजित षड्यन्त्र भएको बताएका छन्। भने आफूमाथि लगाइएका आरोपहरूलाई खण्डन गर्दै हालको घटनाक्रमलाई राष्ट्रप्रेमी र नयाँ सोच बोकेका नेताहरूलाई हटाउने योजनाको हिस्सा भनेका छन्। । झन्डै साढे ५ हजार शब्दको पत्रमा उनले एक प्रकारले आफ्नो जीवनको पूरा कथा नै भनेका छन्।

वर्तमान सरकार तथा नेताहरूविरुद्ध आक्रोश पोखेका उनले सहकारी ठगी मुद्दाका सन्दर्भमा आफू अनुसन्धानमा तानिने प्रमुख कारण बनेका गोर्खा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई र पूर्वडीआइजी छविलाल जोशीबारे पनि थोरै लेखेका छन्। । अर्थात अव जिवीले सहकारीमार्फत ठगेको पैसा कुनै हालतमा फिर्ता नहुने प्रष्ट पारेका छन् । यसबाहेक सो अपिलमार्फत जनतालाई धैर्य गर्न आग्रह गर्दै उनले फेरि जनताको बीचमा आइ जिम्मेवारी वहन गर्न तयार रहेको बताएका छन् ।

अहिलेको यो चक्रब्युह जनताबाट अलग पार्न बनाइएको दावी गरेका रविले यसलाई सस्तो राजनीतिको संज्ञा दिएका छन् । यो जनतालाई झुक्याउने खेल भएपनि आफू टुक्रिन तयार भएको तर झुक्न नसक्ने उनको दावी छ । जहाँ सत्तारुढ दलहरु भने रास्वपालाई छिटै बनेको र त्यतिनै छिटै विग्रिएको पार्टिको संज्ञा दिन भ्याईसकेका छन् ।

हुन त लामिछानेले बाध्यताले पार्टि नेतृत्व गरेको प्रष्ट पारेका छन् । पार्टी गठनका बेला आफूले सन्दुक रुइतदेखि कुलमान घिसिङसम्म विभिन्न व्यक्तिलाई नेतृत्व गरिदिन बिन्ती गर्दा पनि कसैले नमानेपछि आफू सभापति बनेको उनको दावी छ । त्यस्तै अहिले देखिएको सांसद अनुहार देखि पार्टिको हैसियतमा गर्व गरेका उनले जेलको कोठरीमा आज म आफ्नै जीवन समीक्षा गरिरहेको उल्लेख गरेका छन् । तर रवि नभएपछि रास्वपा नेतृत्वविहिनता भोगिरहेको छ ।

यसले रास्वपा पार्टि नै नभईसकेको आरोप लगाउनेलाई वल पुगिरहेको छ । न त संसदीय दलको नेता न त पार्टिको सभापति पार्टि यसै चलिरहेको छ । उता रवि दल यतातर्फ लागे आफ्नो मुद्धा कमजोर हुने डरमा छन् भने यहि कारण अरुमाथि नैतिकताको प्रश्न उठाउन पनि रास्वपालाई गाह्रो परिरहेको छ ।

(बाकीँ सामाग्री भिडियोसहित)