काठमाडौं । पुराना परम्परागत दलहरूका कार्यशैलीबाट जनतालाई छुटकार दिलाउने आशा र भरोसाको जगमा टेकेर गठन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो स्थापनाको तीन वर्ष पार गरेको छ । २०७९ असार ७ गते राष्ट्रिय सभागृहबाट घण्टी अङ्कित नीलो ध्वजा फह¥याएर नेपाली राजनीतिमा पाइला टेकेको पार्टीले शनिबार आफ्नो पार्टीको स्थापना दिवस मनाएको हो । तर, यो वर्ष भने गतवर्षको तूलनामा रास्वपाले मुद्धामै केन्द्रित भएर आफ्नो स्थापना दिबस मनाएको छ।
यस वर्ष विगतको जस्तै त्यस्तो कुनै तामझाम देखिएन । बरु, सभापति रवि लामिछानेले भैरहवा कारागारबाटै आफूमाथि राजनीतिक प्रतिशोध साँधेर षड्यान्त्रपूर्वक फसाइएको दाबी गर्दै २० पृष्ठको अपिल पत्र जारी गरे । यता पार्टीका नेताहरूले पनि सभापति लामिछानेमाथि प्रतिशोधपूर्ण राजनीति बन्द गर्न भन्दै माइतीघर देखि संसद् भवनसम्म पैदल यात्रा गरेर रवि बचाउ हस्ताक्षर अभियानको थालनी गरेका छन् ।
पार्टी गठन गरेर राजनीतिमा लागेको ६ महिनाको छोटो समयमा नै देशको चौथो ठूलो शक्ति बन्दै दुई÷दुई पटक उपप्रधानमन्त्री सहित सत्तामा पुगेको रास्वपाले सशक्त प्रतिपक्षीको पनि भूमिका निभाइरहेको छ । यद्यपि, दोहो¥याएर सत्तामा पुग्दा पनि त्यसको औचित्य भने पुष्टि गर्न सकेन । सभापति नै नागरिकता विवादमा फस्दा पार्टी सभापति देखि सांसद पद सबै गुमाउनु प¥यो भने पुनः उपनिर्वाचनबाट पनि सांसदको लोगो छातिमा भिर्न परेको थियो । त्यस्तै समानुपातिक सांसद ढाकाराम श्रेष्ठ २ करोडको बार्गेनिङमा सामेल हुँदा मन्त्री पद बेच्ने र पार्टीभित्रको कोर टिमबारे बाहिर ल्याउँदा ७२ घण्टाभित्र कारबाही भोग्नु प¥यो ।
तत्कालिन पार्टी महामन्त्री मुकुल ढाकालले पार्टी नेतृत्वबारे निर्मम प्रतिवेदन पेश गर्दै वक्तव्यबाजी गरेपछि पटक पटक स्पष्टीकरणको सामाना गर्दा साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परे । पार्टी खोल्दाको सहयात्री मुकुललाई संस्थागत रुपमा चुकुल लगाउने काम परिणामत अहिले तिनै ढकाल रवि विरुद्ध आगो ओकलिरहेका छन् । रास्वपाबाटै सांसद बनेर उपसभामुख समेत बनेकी इन्दिरा रानाविरुद्ध मानव बेचविखनको आरोपमा सदनमा ठूलो हङ्गामा भयो । रास्वपाले तीन वर्षको छोटो अवधिमा नै राजनीतिमा विभित्र आरोहअवरोहरूको सामना गरिसकेको छ ।
(बाकीँ सामाग्री भिडियोसहित)
प्रतिक्रिया