Breaking

कबिन्द्र बुर्लाकोटीलाई महामन्त्रीको जिम्मेवारी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कबिन्द्र बुर्लाकोटीलाई महामन्त्रीको जिम्मेवारी दिएको छ ।

आज बसेको पार्टी केन्द्रीय समितिको बैठकले कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई महामन्त्री तोकेको हो । यस्तै पार्टी प्रवक्ताको जिम्मेवारी मनिष झालाई दिइएको छ ।

झा पनि यसअघि कार्यवाहक प्रवक्ता थिए । बैठकले दुई पदको कार्यवाहक हटाएर जिम्मेवारी तोकेको प्रवक्ता झाले जानकारी दिए ।