Breaking

आफुलाई गालीगलौज गर्नेहरु योगको संगतमा आए मान्छे बन्नेछन्ः प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिसनका साथ आफूमाथि गालीगलौज गरिरहेको बताएकाछन् ।

शनिवार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले कसैप्रति वैरभाव नराखेको बताउँदै आफू सधैँ प्रसन्नचित्त रहने गरेको बताए । तर आफूमाथि केही तत्वहरु मिसनका साथ गालीगलौज गर्न उत्रिरहेको बताए । आफूले बुझाउन नसक्दा पनि गाली आइरहेको र सबैलाई बुझाउन नसकिने बताए ।

उनले गालीको मिसन चलाउनेहरु योगको संगतमा आएको खण्डमा मान्छे बन्ने बताए । प्रधानमन्त्री ओलीले योग मनलाई स्थिर गर्नेकुरा रहेको बताए ।