समाचार

इरानमा फसेका नेपालीको उद्धारका लागि भारतले पहल गर्दै


भारतले इरानमा फसेका नेपाली नागरिकलाई उद्धार गर्न सहयोग गर्ने भएको छ । इरानस्थित भारतीय दूतावासले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत यस्तो जानकारी दिएको हो ।

नेपालसँगै भारतले श्रीलङ्काकाका नागरिकहरूलाई पनि उद्धार गर्ने जानकारी दिइएको छ । सरकारको अनुरोधमा इरानस्थित भारतीय दूतावासद्वारा सञ्चालन गरिएको उद्धार प्रयासमा नेपाली तथा श्रीलङ्काली नागरिकहरूलाई पनि समेटिने उल्लेख गरेको छ । इरानमा रहेका नेपाली तथा श्रीलङ्काली नागरिकहरूलाई यथाशक्य चाँडो भारतीय दूतावाससँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

इरान र इजरायलबिच तनाव सुरु भएपछि इरानमा रहेका आफ्ना नागरिकहरूलाई सुरक्षित रूपमा उद्धार गर्नका लागि ‘अपरेसन सिन्धु’ सुरु गरेको छ ।